धरान : मोरङको बुढीगंगा गाउँपालिका-३ गोकुवा चोक स्थित कोशी लोक मार्गमा मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान का ५० वर्षीय बाल कुमार बस्नेत रहेका छन् । हिजो बेलुका पौने ८ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिई घाइते भएका बस्नेतको विराट मेडिकल कलेज गङ्गा चौकमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक सुनसरी इटहरी ७ का २५ वर्षीय समराज्य चौधरी समेत घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।