विराटनगर : प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना सङ्क्रमित थपिएका छन्। दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, तेह्रथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २-२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा महिला ११४ र पुरुष १८५ सहित २९९, सुन्दरहरैचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनबर्षी र कानेपोखरीमा १२-१२, कटहरीमा ११, बेलबारीमा ९, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा ४, रङ्गेली र जहदामा ३-३, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान र बुढीगंगामा २-२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा १०६, इटहरीमा १००, बर्जूमा ३५, इनरुवामा २८, गढीमा ९, दुहबीमा ८, देवानगञ्जमा ५, बराहक्षेत्र, भोक्राहानरसिंह ४-४, हरिनगर र कोसी गाउँपालिकामा २-२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ५, झापाको बिर्तामोडमा ७१, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा ७-७, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ४-४, गौरीगञ्ज र गौरादहमा २-२, बाह्रदशी र झापा गाउँपालिकामा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, छथरमा १५, महालक्ष्मी, शहिदभूमी र पाख्रिवासमा १-१ र स्थानीय तह नखुलेका २, तेह्रथुमको आठराईमा २६, इलामको इलाम नगरपालिकामा २४, चुलाचुली, माईजोगमाई र फाकफोकथुम १-१, उदयपुरको कटारीमा १६, चौदण्डीगढी र त्रियुगामा १-१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा ३ र श्रीजंगामा १, भोजपुरको हतुवागढी र भोजपुरमा १-१, पाँचथरको हिलिहाङ र फिदिममा १-१, खोटाङको बराहपोखरीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार ५६९ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३१ हजार ३४८ सङ्क्रमणमुक्त भएका छन् । आज २८८ जना सङ्क्रमणमुक्त छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ५४१ पुगेको छ।

प्रदेश १ मा आज २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।