धरान : बीपीको कोभिड अस्पतालमा ४० मिनेटको अन्तरमा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार हिजो साँझ ५ः५० बजे मोरङको सुन्दरहरैचा १० का ७२ वर्षीय वृद्ध पुरुष र बेलबारी ९ मोरङका ५६ वर्षीय महिलाको ६ः३० बजे ४० मिनेटको अन्तरमा मृत्यु भएको हो ।

दुवै जना मृतकमा पहिले देखि दिर्घरोग रहेको प्रतिष्ठानले जनाएको छ ।