सोलुखुम्बु : सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको प्रहरीले जनकारी दिएको छ ।