विराटनगर : प्रदेश १ मा आज १२९८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो। मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, सङ्खुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ५६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५, सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ९२, मेचीनगरमा ६५, बिर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८,बाह्रदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४-४, गौरादहमा २, हाल्दिबारी र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ६, सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहबीमा १५, बराहक्षेत्र र रामधुनीमा ६-६, देवानगञ्ज र इनरुवामा ५-५, बर्जूमा ४, गढी र हरिनगरमा १-१ र स्थानीय तह नखुलेका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसै गरी धनकुटाको छथरमा २६, चौबिसेमा २२, महालक्ष्मीमा १९, धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ५, साँगुुरीगढी र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको फुङलिङमा ६०, मेरिङदेनमा ९, पाथीभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, श्रीजंगा र सिदिङ्वामा १ र स्थानीय तह नखुलेका ९, खोटाङको रावावेशीमा १५, जन्तेढुङ्गामा १३ र स्थानीय तह नखुलेका १, पाँचथरको मिक्लाजुङमा १५ र कुम्मायकमा १, सङ्खुवासभाको पाँचखपनमा ८, खाँदबारीमा ५ र धर्मदेवीमा १, इलामको सूर्योदयमा ५, मांसेवुङमा ४, इलाम नगरपालिकामा २ र रोङमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, टेम्केमैयुङमा १ र स्थानीय तह नखुलेका ४, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको लालीगुराँसमा १, ओखलढुङ्गामा, र प्रदेश १ बाहिरका ५६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ हजार ८६८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३१ हजार ५७३ सङ्क्रमणमुक्त भएका छन् । आज २२४ जना सङ्क्रमणमुक्त छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ५९० पुगेको छ। प्रदेश १ मा आज २ हजार ७५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५४३ महिला र ७५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।