धरान : धरान-४ को बैदाङ खोपमा सडेको अवस्थामा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका मृतककी बहिनीले शवको पहिचान गरेकी थिइन । आफूसँगै बस्दै आएका दाजु २६ वर्षीय प्रदीप लिम्बु भएको भन्दै बहिनीले शवको पहिचान गरेकी छिन् ।

धरान-५ मा आमासङ बस्दै गरेको भए पनि उनी पछिल्लो समय धरान-८ मा बहिनीकोमा बस्दा बेपत्ता भएका थिए । वैशाख ७ गते दानावारिमा पुगेका उनको बुधवार स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको मुचुल्का उठाइ प्रतिष्ठानको शव गृहमा राखिएको छ। घटनाको प्रहरीद्वारा अनुसन्धान जारी रहेको जनाइएको छ ।