धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बुधवार धरान-१३ का वृद्ध सहित एकै दिन ४ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार बुधवार दिउसो १२ः९ मिनेटमा धरान १३ का ८५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ ।

यस्तै दिउसो ३ः३० बजो इटहरी-५ का ३७ वर्षीय पुरुष, सर्लाहीका ५३ वर्षीय महिलाको बिहान ११ः३० बजे, सुनसरीको बराहक्षेत्र २ का ५३ वर्षीय महिलाको बिहान ११ः२० बजे मृत्यु भएको हो ।