धरान : धरानमा कोरोना संक्रमणदर उच्च हुँदै गएको छ । अहिले सम्म धरानमा वैशाख यता मात्रै कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या १२४६ पुगेको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार मंगलबार साँझ ८९ जना र बुधवार साँझ ६८ जना थप नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै बुधवार साँझ सम्ममा धरानमा दोस्रो लहरका कोरोना सङ्क्रमितको सङ्ख्या १२४६ पुगेको हो ।