धरान : धरान-८ की एक कोरोना सङ्क्रमित महिलाको झापाको विएण्डसी अस्पतालमा उपचारको क्रममा बुधवार दिउसो मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान-८ की ५६ वर्षीय महिलाको बुधवार दिउसो झापाको विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट वैशाख यता मात्रै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।