धरान : ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–१ का नवीन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोसी नदीले बगाउँदा बेपत्ता भएका छन् ।

आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् ।

बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भइरहेको छ ।