विराटनगर : प्रदेश १ मा आज ६७३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१,  भोजपुरमा १८, सङ्खुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७-७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६-६, सुनबर्षी र ग्रामथानमा ४-४, धनपालथानमा ३, रङ्गेली र स्थानीय तह नखुलेका २-२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १-१, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहबीमा ८, बराहक्षेत्रमा ६, बर्जूमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६, झापाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४-४, शिवसताक्षी र भद्रपुरमा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीय तह नखुलेका २, सङ्खुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीय तह नखुलेका १-१, इलामको माईजोगमाईमा १०, इलाम नगरपालिका र चुलाचुलीमा १-१, पाँचथरको मिक्लाजुङमा ७,  ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ हजार ५४१ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३१ हजार ७९२ सङ्क्रमणमुक्त भएका छन्।

आज २१९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २१ पुगेको छ। प्रदेश १ मा आज १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ।

परीक्षण गरिएका मध्ये २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।