धरान : धरानमा बिहीबार साँझ थप ६० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार ६० जनाकै पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमितको कुल सङ्ख्या १३०६ पुगेको छ ।