धरान : झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका–३ सानो केर्खामा गए राती पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा शिवसताक्षी नगरपालिका-१ का ६२ वर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरी टोली खटी गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भइरहेको छ ।