धरान : पाँचथरको कुम्मायक गाउँपालिका ४ यासोक स्थित प्रकाश काफ्लेको चार तल्लाको पक्की घरमा आज बिहान आगलागी भएको छ ।

उक्त आगलागीबाट घरको तेस्रो तल्लामा रहेको सामान राख्ने कोठा समेत पूर्णरुपमा जली १९ लाख ४६ हजार बराबरको धनमाल जली क्षति भएको पाँचथरका इन्स्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।

घरको चौथो तल्लामा रहेको काठ, जस्ता र प्लाईले बनेको भान्सा कोठाबाट अचानक ग्यास लिग भई आगलागी भएको प्रहरीको भनाई छ ।

उक्त आगलागी प्रहरी र स्थानीय मानिसहरूको सहयोगमा ११ बजे बिहान नियन्त्रणमा आएको हो ।