धरान : मोरङको सुन्दरहरैचा-३ लोचनीमा पूजन राईले स्थानीय ४० वर्षीय विष्णु ऋषिदेवको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ऋषिदेवको हत्यामा संलग्न स्थानीय २३ वर्षीय पूजनले आफूलाई मृतक विष्णुले पागल भनेर पटक पटक जिस्काएकाले आफूलाई एकदमै सिर उठेर मार्ने योजना बनाएको प्रहरीलाई बयान दिएको बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए ।

गए राती ११ बजे घरमा एक्लै सुतिरहेको बेला घरमा कोही नभएको मौका छोपेर रेडियो बजिरहेको अवस्थामा उनले जिन्सको पेन्ट लगाएर आफ्नो भान्साबाट फलामको दाउले ऋषिदेवको घाँटीमा प्रहार गरी मारेको खुलेको छ ।

उनले सुतिरहेका विष्णु ऋषिदेवलाई ३ पटक घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरूको घर १ मिटरको दुरीमा छ। मृतकको पनि मानसिक सन्तुलन केही ठिक नभएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

र्दुइजना बिच अन्य कुनै रिसिइबी नदेखिएको पनि प्रहरीले जनाएको छ । पूजनलाई प्रहरीले बिहान ८ बजे नै उनको घरबाट पक्राउ गरेको हो । हत्यामा प्रयोग गरिएको दाउ राईको घरमा भएको भान्सा कोठाबाट बरामद भएको थियो । दाउमा लागेको रगत धारामा पखालेर जिन्सको पेन्ट पनि फुकालेर पूजन सुतेका थिए ।

पक्राउ परेका राईलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान इन्स्पेक्टर खनालले जानकारी दिए ।

bishnu-rishidev