धरान : धरानमा शुक्रवार साँझ ८२ जना थप कोरोना सङ्क्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरानमा ८२ जना थप कोरोना सङ्क्रमित थपिए सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमितको कुल सङ्ख्या १३८८ पुगेको छ भने सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।