धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार हिजो साँझ ५ः४५ बजे सुनसरीको इनरुवा नगरपालिका वडा नं-५ का ७४ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

यसै गरी हिजो साढे ४ बजे सप्तरीको अग्निसाइर कृष्णसरवरण-२ का ४२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । दुवै मृतक दिर्घरोगी रहेको बताइएको छ ।