धरान : धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृहमा वैशाख ३१ गते देखि दिल कुमारी तामाङ (राई) को शव बेवारिसे अवस्थामा रहेको छ।

उनी उदयपुर जिल्ला कटारी-३ साबिक बस्ने दुर्गा बहादुर राईको छोरी रहेको र श्रीमानसँग सम्बन्ध नराम्रो भएपछि केही महिना देखि अलग्गिएर बस्दै आएको प्रहरीले जानकारी दिएको छ।

उनी इनरुवामा कोठा भाँडामा बस्दै आएकी थिइन् । उनको शव कोठामा सलको पासो लगाएर झुण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।  शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृहमा रहेको छ।

सुनसरीका डिएसपी नरेन्द्र कार्कीका अनुसार उनलाई कसैले आत्महत्या गर्ने बाध्य बनाएको हुन सक्ने बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।

उदपुरमा उनको घर ठेगानामा पत्राचार गर्दा समेत कोही आफन्त फेला नपरेको हुँदा अभिभावक वा आफन्तलाई चिन्नुहुने महानुभावहरूलाई जानकारी गराई दिनका लागी प्रहरीले अनुरोध गरेको छ।

मृतक महिला अलग्गिएर बसेर पनि पहिचान खुलेकी महिलाको शव बेवारिसे बन्नु कुनै ठोस कारण हुनुपर्छ भन्दै प्रहरीले थप अनुसन्धान प्रक्रिया जारी राखेको जनाएको छ।