झापा : झापाको मेचीनगर नगरपालिका-७ वडाध्यक्ष चन्दन मेचेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ बजे मृत्यु भएको हो ।

उनको सोही अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

उनको एक हप्तादेखि आइसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा दिउसो १२ बजे मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नवीन बरालले बताए ।