धरान : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान–१५ का एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-१५ का ८२ वर्षीय वृद्ध पुरुषको आज बिहान ११ः३० बजे मृत्यु भएको हो ।

मृतकमा ज्येष्ठ ४ गते कोरोना पोजेटिभ भएका उनलाई सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।