विराटनगर : प्रदेश १ मा आज ८८८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, सङ्खुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्बुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २-२, पाँचथर र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ३१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ८५, बिर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बाह्रदशीमा ३, हाल्दिबारी र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २-२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०, दुहबीमा ६, देवानगञ्ज र बराहक्षेत्रमा ५-५, बर्जूमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३-३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि सङ्खुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३, सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीय तह नखुलेका १, इलामको फाकफोकथुममा १५, इलाम नगरपालिकामा १३, रोङ र चुलाचुलीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १-१, सोलुखुम्बुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २-२, माप्य दुधकोशी र खम्बु पासाङल्हामुमा १-१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका १-१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २-२, पाँचथरको फिदिम र तेह्रथुमको आठराईमा १-१ र प्रदेश १ बाहिरका ३१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार ४६८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३२ हजार २६६ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज २५७ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४५६ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।