धरान : प्रशासनले लगाएको निषेधाज्ञाका बावजुद पनि धरान उपमहानगरपालिकाको १३ नम्वर वडामा कोरोना संक्रमण उच्च भएको भन्दै आज देखि जेष्ठ १५ गते सम्म धरान-१३ नम्वर वडा सिल गरिएको छ ।

13-no-sil-6

वडामा कोरोना परिक्षण गरेका र धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा दर्ता भएका संक्रमित ४१ मात्रै भए पनि वडामा अरु थुप्रै संक्रमितहरु परिक्षण नगरी घुम्ने र डुल्ने गरेको पाईएकोले आज देखि जेष्ठ १५ सम्म १३ नम्वर वडाको सम्पुर्ण क्षेत्र सिल गरिएको वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

13-no-sil-9

निषेधाज्ञाको पालना गराउदा गराउदै पनि सर्वसाधरण अटेरी हुने, धरानका अरु क्षेत्रबाट निषेधाज्ञाका विचमा पनि मर्निङवाक र इभिनिङवाक गर्न आउने लगायतले त्यसै पनि जोखिम रहेको १३ नम्वर वडामा पछिल्लो समय कोरोना संक्रमितको संख्य उच्च हुदै गएपछि वडा सिल गर्नुपरेको काफ्लेको भनाई छ ।

13-no-sil-8

वडा सिल गरिए पछि आज विहानै देखि धरानको लक्ष्मीचौक, पृथ्वीचौक, जिरोप्वाईन्ट, अमरहाट लगायतमा नगर प्रहरी, जनपथ प्रहरी र सशस्त्र प्रहरी बाक्लो संख्यामा परिचालित गरिएको छ भने आउजाउमा कडाई गरिएको छ । सर्वसाधरणलाई सिल अवधिभर घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।

13-no-sil-1 13-no-sil-2 13-no-sil-3 13-no-sil-7 13-no-sil-5