इटहरी : मोरङ प्रहरीले विराटनगर-१७ मटेरुवा चौकबाट लागूऔषध सहित इटहरीकी एकजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इटहरी-१ कि ४१ वर्षीय रेखा न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ।

शनिवार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध DIALEX-DC ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS ४३२ चक्की सहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी महिला उपर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।