इटहरी : बिपी प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा इटहरीका २४ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

इटहरी-४ सुनसरी ठेगाना भएका उनलाई गत जेठ १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि २ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

कुनै पनि दीर्घ रोग नभएका उनको जेठ ८ गते राति ९:१० मा निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ।

उनको शवलाई नियमअनुसार व्यवस्थापन गरिने प्रतिष्ठानका सह-प्रवक्ता डा. चूडामणि पोखरेले बताए ।