धरान : धरान उपमहानगरपालिकामा गत वैशाख १ गते देखि यता १३७४ जनामा कोरोना सङ्क्रमण भएको छ भने सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।

धरानमा सबै भन्दा बढी वडानं.-१८ मा ३३२ पुरुष र १५४ जना महिला गरी ३८६ जना कोरोना सङ्क्रमित धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

तर १८ नम्बर वडा कार्यालयले भने यी सबै १८ नम्बर वडावासी नभएको र प्रतिष्ठानमा उपचारका लागि आउनेहरूको पनि ठेगाना धरान-१८ उल्लेख गरिएकोले र प्रतिष्ठान भित्रका चिकित्सकहरू पनि १८ नम्बर वडामै जोडिएकोले धेरै देखिएको बताएको छ । १८ नम्बर वडामा अहिले सम्म १ जनाको मृत्यु भएको छ ।

धरान-१ मा २९ पुरुष, ३४ महिला गरी ६३ जनामा कोरोना सङ्क्रमण भएको छ भने सो वडामा ४ जनाको मृत्यु भएको छ । धरान-२ मा १७ पुरुष, ११ महिला गरी २८ जना, धरान-३ मा १८ पुरुष, २२ महिला सहित जम्मा ४० जनामा कोरोना सङ्क्रमण भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

यसै गरी धरान-४ मा ३ पुरुष १ महिला सहित ४ जना, धरान-५ मा १० पुरुष ५ महिला सहित १५ जना, धरान-६ मा ३८ पुरुष, १२ महिला गरी ५० जनामा कोरोना सङ्क्रमण भएको छ भने धरान-६ मा १ जनाको मृत्यु भएको छ ।

यसै गरी धरान-७ मा १८ पुरुष, १६ महिला गरी ३४ जना, धरान-८ मा ३९ पुरुष, ३२ महिला गरी ७१ जनामा कोरोना सङ्क्रमण भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

धरान-९ मा १८ पुरुष २० महिला गरी ३८ जनामा सङ्क्रमण भएको छ भने १ जनाको मृत्यु भएको छ । यसै गरी धरान-१० मा २२ पुरुष, १९ महिला गरी जम्मा ४१ जना, धरान-११ मा २५ पुरुष, २४ महिला गरी ४९ जनामा कोरोना सङ्क्रमण भएको छ भने २ जनाको मृत्यु भएको छ ।

धरान-१२ मा २३ पुरुष १६ महिला गरी ३९ जनामा कोरोना सङ्क्रमण भएको छ भने २ जनाको मृत्यु भएको छ । धरान-१३ मा २४ पुरुष २३ महिला गरी ४८ जनामा कोरोना सङ्क्रमण भएको छ भने १ जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार धरान-१४ मा १५ पुरुष, ५ महिला सहित २० जना, धरान-१५ मा ४४ पुरुष ४४ महिला सहित ८८ जनामा कोरोना सङ्क्रमण भएको छ भने २ जनाको मृत्यु भएको छ ।

धरान-१६ मा ४८ पुरुष ४९ महिला गरी ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

यसै गरी धरान-१७ मा ५० जना पुरुष, ४९ जना महिला गरी ९० जनामा कोरोना सङ्क्रमण भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

धरान-१९ मा २ पुरुष, ११ महिला सहित १३ जना र धरान-२० मा सबै भन्दा कम २ पुरुष २ महिला सहित ४ जनामा कोरोना सङ्क्रमण भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरान उपमहानगरपालिकामा अहिले सम्म ७४२ पुरुष, ६३२ महिला गरी १,३७४ जनामा कोरोना सङ्क्रमण भएको छ भने २४ जनाको मृत्यु भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

यस भन्दा अघि धरानमा वैशाख यता कुल सङ्क्रमितको सङ्ख्या १,३९८ भनिए पनि सङ्क्रमितको तथ्याङ्क चढाउँदा दोहोरिएको कारण त्यस्तो हुन पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

Corona-Data