विराटनगर : प्रदेश १ मा आज ७६३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३-३, र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ४९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २-२ , रतुवामाई र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा ४४, बर्जूमा ३०, इनरुवामा ११, धरानमा ८, दुहबीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा २-२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १-१, स्थानीय तह नखुलेका ४, झापाको बिर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हाल्दिबारी र मेचीनगरमा ७-७, बुद्धशान्तिमा ५, शिवसताक्षीमा ४, गौरीगञ्जमा ३, गौरादहमा २, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४, चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १-१, इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १-१, खोटाङको दिप्रुङ चुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ हजार २३१ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३२ हजार ३६० जना सङ्क्रमणमुक्त भएका छन् । आज ९३ जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१५ महिला र ४४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।