धरान : धरानमा हिजो साँझ थप २४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार हिजो साँझ नयाँ २४ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै धरानमा दोस्रो लहरको कोरोना सङ्क्रमितको सङ्ख्या १३९८ पुगेको छ । 

यसै गरी हिजो धरान-७ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै धरानमा दोस्रो लहरको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।