झापा : झापा जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा रहेको रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङ रहेका छन् ।

आइतबार बेलुका साढे ४ बजे साथीहरूसँग माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको उपचारको लागी विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीले माछा मार्न मृतक तामाङसँग गएका साथीहरू सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बु र इलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ।