धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ हस्पिटलमा उपचारको क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरलेले दिएको जानकारी अनुसार आज बिहान ३ः५० बजे मोरङको सुन्दरहरैचा १० का ७२ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

उनलाई ज्येष्ठ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उनको सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यसै गरी गए राति ८ः३५ बजे धनकुटा ४ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको छ ।

वैशाख २६ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो भने उनलाई हिजो मात्रै अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

दुवै जनाको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।