विराटनगर : प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, सङ्खुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुष सहित १५९, सुन्दरहरैचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४-४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २-२, सुनबर्षी, केराबारी र रंगेलीमा १-१, सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहबी र देवानगञ्जमा ८-८, रामधुनीमा ६, बर्जू र बराहक्षेत्रमा ४-४, गढीमा २ र स्थानीय तह नखुलेका १, झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, बिर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२–१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बाह्रदशी र कचनकवलमा ४-४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २-२ र हल्दिबारीमा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र सिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, सङ्खुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिमा २, सूर्योदय र चुलाचुलीमा १-१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १-१, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ३८ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५२ हजार २६८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३२ हजार ५४३ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज १८२ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ९४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ४२९ महिला र ६०८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।