धरान : प्रदेश १ लगायत देशभर आज बिहानै देखि मौसममा परिवर्तन आएको छ । प्रदेश १ का विभिन्न स्थानमा बिहान हावाहुरी चल्नुको साथै हल्का वर्षा भएको छ ।

हाल देशमा बङ्गालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा मौसममा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी तथा बाग्मती प्रदेशका केही स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तीन दिने मौसमी विवरण :
२०७८ जेठ ११ गते (मंगलबार)
दिउँसो : प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, प्रदेश २, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

२०७८ जेठ १२ गते (बुधवार)
दिउँसो : प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

२०७८ जेठ १३ गते (बिहीबार)
दिउँसो : देशभर सामान्यतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, लुम्बिनी तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ।

देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ ।