धरान : बिपीको कोभिड-१९ अस्पतालमा उपचाररत धरान-२ का कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको बिपी प्रतिष्ठानले जानकारी दिएको छ।

मृतक पुरुष ६५ वर्षका हुन । उनलाई जेठ ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको र प्रतिष्ठानमा उपचारकालागी जेठ ९ गते भर्ना भएको प्रतिष्ठानले जनाएको छ।

उपचारको क्रममा उनको जेठ १० गते साँझ ५:१० मा मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा.चुणामणी पोखरेले जनकारी दिए । मृतकको शवको व्यवस्थापन  नियमानुसार गरिने उनले बताए ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या वैशाख यता मात्रै २७ जना पुगेको छ ।