धरान : इलाका प्रहरी कार्यालय धरानले एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा एम्बुलेन्स सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ ७ बजे धरान-२ बाट उनिहरुलाई पक्राउ गरेको हो।

भेडेटारबाट धरान आउँदै गरेको को १ च ५५५९ नम्बरको हुडेप नेपालको एम्बुलेन्समा २५/२५ केजीको प्याक भएका चार पोका गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले चेकजाँचको क्रममा एम्बुलेन्समा गाँजा फेला पारेपछि एम्बुलेन्सका चालक र एम्बुलेन्समै रहेका अर्का एक युवालाई नियन्त्रणमा लिएको छ।

एम्बुलेन्सका चालक धरान-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु रहेको र अर्का व्यक्ति धनकुटाको सहिदभुमी गाँउपालीका वडा नं १ घर भएका हाल धरान-११ बस्ने २८ वर्षका पोशन राई रहेको प्रहरीले जनकारी दिएको छ।

उनिहरुलाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय धरान थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।