धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका-७ मा रुखले किचेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ३४ वर्षीय पूर्ण कुमार तुम्वाको रहेको प्रहरीले जानकारी दिएको छ। 

आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफैतिर  ढलेर किचेको उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।