धरान : लकडाउनको मौकामा व्यापारीले कालोबजारी गरेको भन्दै नेपाल तरुण दल धरान नगर समितिले ध्यानाकर्षण गराएको छ। गरिब निमुखा वर्गका जनताहरू खानलाई समस्या परिरहेको अवस्थामा महँगी र कालोबजारी बढेको भन्दै यसलाई रोक्न आग्रह गरेको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै तरुण दलले ज्यालादारी काममा जान सक्ने अवस्था नभएको बेला गरिब माथि अत्याचार बढेको उल्लेख गरिएको छ ।

नगर सभापति हिमाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लकडाउनको १ महिना नपुग्दै व्यापारीले सर्वसाधारण जनतालाई लुट्न थालेको बताइएको छ ।

यस प्रकारको गतिविधि तुरुन्त रोक्न र त्यस्ता व्यापारीहरूलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न तरुण दलको माग छ । यदि कालोबजारीको अनुगमन कार्यलाई यथाशीघ्र अघि बढाइएन भने नेपाल तरुण दल आफै अनुगमन गर्न बाध्य हुने चेतावनी दिइएको छ।

यसबिचमा भएका गतिविधिको पूर्ण जिम्मेवारी सम्बन्धित निकाय स्वयम्को हुनेछ भन्दै ध्यानाकर्षण गराइएको छ ।

tarun-dal-123