विराटनगर : प्रदेश १ मा आज ८९७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, सङ्खुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्बु र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९२ महिला र १०९ पुरुष सहित २०१, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरी र सुन्दरहरैचामा १०-१०, पथरीशनिश्चरेमा ८, सुनबर्षी र रतुवामाईमा ७-७, जहदा, धनपालथान र बेलबारीमा ५-५, ग्रामथानमा ३, रङ्गेली, केराबारी, कानेपोखरी, लेटाङ र स्थानी तह नखुलेका २-२, झापाको मेचीनगरमा ६८, बिर्तामोडमा ३५, दमकमा २८, कमल गाउँपालिकामा १९, अर्जुनधारामा १७, भद्रपुरमा १५, कनकाईमा १४, बुद्धशान्तिमा १०, गौरीगञ्जमा ५, शिवसताक्षी र स्थानीय तह नखुलेका ४-४, गौरादह र झापा गाउँपालिकामा ३-३, गौरीगञ्जमा २, बाह्रदशी, कचनकवल र हल्दिबारीमा १-१, सुनसरीको धरानमा ८०, बराहक्षेत्रमा ३९, इटहरीमा ३२, इनरुवा र दुहबीमा ६-६, बर्जूमा ४, हरिनगर, गढी, रामधुनी, देवानगञ्ज र भोक्राहानरसिंहमा २-२ र कोसी गाउँपालिकामा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि धनकुटाको महालक्ष्मीमा ६४, शहिदभूमीमा २४, धनकुटा नगरपालिकामा २१, पाख्रिबासमा ३ र छथरमा २, उदयपुरको त्रियुगामा २३, उदयपुरगढीमा १ र स्थानीय तह नखुलेका ३, सङ्खुवासभाको खाँदबारीमा ९, मकालु र पाँथखपनमा १-१, इलामको माईजोगमाई र इलाम नगरपालिकामा ४-४, चुलाचुलीमा १, पाँचथरको मिक्लाजुङमा ३, स्थानीय तह नखुलेका २, फिदिममा १, ताप्लेजुङको मिक्वाखोलामा २, फुङलिङ र स्थानीय तह नखुलेका १-१, सोलुखुम्बु र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५३ हजार १६५ पुगेको छ। सङ्क्रमित भएका मध्ये ३२ हजार ८५९ जना सङ्क्रमणमुक्त भएका छन्। आज ३१२ जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ५०२ पुगेको छ । प्रदेश १ मा आज २ हजार १९२ जनाको पीसीआर परीक्षण गरिएको छ।

परीक्षण गरिएकामध्ये ३९२ महिला र ५०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।