झापा : झापा प्रहरीले लागूऔषध सहित दुई जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ वर्षीय कमल दाहाल रहेका छन् ।

उनीहरूलाई प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषध सहित पक्राउ गरेको हो।

उनीहरूले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट कोरेक्स १२ बोतल, WIN Spasmo 48 २८ ट्याब्लेट र Nitravet-३० ट्याब्लेट फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।