धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा धरान-२ की एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा चूडामणि पोखरेलका अनुसार धरान-२ की ४० वर्षीय महिलाको गए राति साढे १ बजे उपचारको क्रममा मृत्यु भएको हो । ज्येष्ठ ५ गते कोरोना पोजेटिभ पुष्टि भएका उनलाई ज्येष्ठ १० गते बीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनी पहिले देखिनै दीर्घ रोगी रहेको बताइएको छ । यो सँगै कोरोनाको दोस्रो लहरबाट धरानमा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

यसै गरी उपचारकै क्रममा बीपीको कोभिड अस्पतालमा गए राति ११ः३५ बजे तिरहुत–३ सप्तरीका ६० वर्षीय महिलाको पनि मृत्यु भएको छ ।

ज्येष्ठ ६ गते कोरोना सङ्क्रमित भएका उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । दुवै मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको छ ।