विराटनगर : प्रदेश १ मा आज ८९८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, सङ्खुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुष सहित १६९, सुन्दरहरैचामा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४–१४, पथरीशनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनबर्षी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका २–२, बेलबारी, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इनरुवामा १०५, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१, दुहबीमा १०, रामधुनीमा ८, बराहक्षेत्र र गढीमा ४–४, भोक्राहानरसिह र स्थानीय तह नखुलेका २–२, हरिनगर, बर्जू , कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, बिर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ५२, फालेलुङ, हिलिहाङ र फाल्गुनन्दमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २०, साँघुरीगढीमा १४, छथरमा १०, पाख्रिवासमा ४, सङ्खुवासभाको चैनपुरमा ३०, खाँदबारीमा ९, मादीमा १, खोटाङको हलेसीतुवाचुङमा १५, भोजपुरको षडानन्दमा ६, भोजपुर नगरपालिकामा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा २, इलामको चुलाचुली र इलाम नगरपालिकामा १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ हजार ६३ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३३ हजार २१२ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज ३५३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३७ पुगेको छ । प्रदेश १ मा आज २ हजार २२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ३८८ महिला र ५१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।