बराहक्षेत्र : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणले निम्त्याएको परिस्थितिले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने परिवारलाई सकसमय बनाएको छ ।

बाहिर निस्कियो संक्रमणको डर , भित्र बस्यो भोकमरीको त्रासले असक्त र न्यून आय भएका परिवारलाई खाद्यनको जोह गर्न नै कठिन परिरहेको छ ।

आर्थिक रूपमा मध्यम तथा सम्पन्न परिवारको भण्डारमा अन्न पात भाडारण भए पनि दैनिक ज्यालादारी , असक्त, एकल महिलालाई खाद्यन जोरजाम गर्न हम्मे हम्मे नै परेको छ ।

यही संवेदनशील र कठिनाइ अवस्थालाई मध्यनजर गर्दै वराहक्षेत्र वडा नं–९ मा स्वर्गीय वीर माया स्मृति फाउन्डेसनले २० परिवारलाई खाद्यन उपलब्ध गराएको छ ।

फाउन्डेशबाट उपलब्ध खाद्यन वराहक्षेत्र ९ प्रकाशपुरका सक्रिय युवाले बुधवार वितरण गरेका छन् । वितरण कार्यमा संलग्न युवा प्रकाश लिम्बुका अनुसार वडामा अति विपन्न , ज्यालादारी , असक्त, एकल महिलाको परिवारलाई खाद्यन सामाग्री राहत स्वरूप घर– घरमा पुगेर वितरण गरिएको छ ।

स्वर्गीय वीर माया स्मृति फाउन्डेसन वराहक्षेत्र १ बाट प्राप्त राहत सामाग्रीमा चामल, दाल, तेल , १÷ १ थान लुगा धुने, नुहाउने साबुन ,चाउचाउ , मास्क रहेको छ ।

उक्त स्वर्गीय वीर माया स्मृति फाउन्डेसनले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा दिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा बराहक्षेत्र नगरपालिकामा पनि सङ्क्रमणको दर तीव्र भइरहेकाले बराहक्षेत्र नगरपालिका १ देखि ११ वडा भरी रहेका न्यून आय भएका विपन्न ,असहाय,अशक्तहरूलाई कोभिड तथा अन्य रोगी बिरामीहरूलाई कोभिड–१९ महामारीलाई मध्य नजर गर्दै एक व्यक्ति दस हजार बराबर को निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा ,सञ्चालन गर्ने स्वर्गीय वीर माया स्मृति फाउन्डेसनका अध्यक्ष मनोज योञ्जन तामाङले बताए ।

एम्बुलेन्स सेवा लिन चक्रघट्टिमा रहेको चक्रघटि जेसिसको एम्बुलेन्स ९८६२३६०५५० र अन्य नगर भित्र रहेका एम्बुलेन्सबाट सेवा लिन सकिने बताइएको छ ।