पथरी : मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिहीबार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका-२ केरौनका ३२ वर्षीय दिलीप चौधरी घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी कोसी अस्पताल पठाइएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।