विराटनगर : विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्बर अफ कमर्सले बताएको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईलाई भेटेर चेम्बर अफ कमर्सको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रहेको बताएको हो ।

चेम्बर अफ कमर्सका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अवधारणा राम्रो भए पनि चुनौतिपूण रहेको बताए । उनले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’बारे लक्षित वर्ग समक्ष जानकारी दिन आवश्यक रहेको बताए । उनले भने,‘ स्वास्थ्य बिमा पनि लक्षित वर्ग सम्म पुग्न सकेन ।’

स्वास्थ्य बिमाको लाभ हुनेखानेहरूले मात्र लिइरहेका छन् । उनले मन्त्री राईलाई सूचीकरण गरेर कार्यक्रम गर्दा राम्रो हुने सुझाव दिए । अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक सङ्घ संस्थाहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्स विराटनगरका कार्यवाहक अध्यक्ष सुरेन्द्र गोल्छाले विपन्न वर्गले थाहा पाउने गरिएको एप्स निर्माण गर्नुपर्नेमा जोड दिए । उनले एप्स निर्माणमा सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रम राम्रो रहेको बताए ।

उनले प्रदेश सरकारले स्थानीय उद्योगलाई पनि प्रवर्द्धन विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग सङ्कलन गरी उपचार कोष निर्माणको अवधारणा अघि सारिएको सामाजिक विकास मन्त्री राईले बताउनुभयो । उहाँले लक्षित वर्गले थाहा पाउने गरी कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

अभियानमा प्रदेश १ का कुनै पनि नागरिक नछुटुन् भनेर न्यूनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सकिने गरिएको अवधारणा तय गरिएको मन्त्री राईले बताए । गरिब जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भनेर अवधारणा ल्याइएको उनले बताए ।