धरान : अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित समाचार प्रति नेपाली काँग्रेस जिल्ला सदस्य किशोर राईले आपत्ति जनाएका छन् ।

अन्नपूर्ण दैनिकका संवाददाता रत्न आचार्यको वाईलाईनमा यहीँ ज्येष्ठ ४ गते ‘सर्दुको १८२ बिघा फिर्ता’ शीर्षकको समाचारमा आफ्नो बारे भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका हुन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राईले एकपक्षीय, कपोकल्पित, नियोजित, षड्यन्त्रपूर्ण र झुटो समाचार सम्प्रेषण भएको दाबी गरेका छन् । कसैको उक्साहट र आर्थिक प्रलोभनमा परी राजनैतिक र सामाजिक मानमर्दन हुने गरी चरित्रहत्या गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचारमा आचार्यले “जग्गा फुकुवा गरेबापत माओवादीका स्थानीय नेताहरू मुक्साहाङ मेन्याङबो, चोत्लुङ लगायतले ६ कट्ठा र १० लाख नगद, काँग्रेस धरानका तत्कालीन सभापति किशोर राईले चार कट्ठा र एमाले धरानका तत्कालीन अध्यक्ष तारा सुब्बाले चार कट्ठा जग्गा लिएर आफ्नो मान्छेलाई बिक्री गरेको माओवादी सुनसरीका एक सदस्यले बताए । जसको प्रमाण अन्नपूर्ण पोस्टसँग सुरक्षित छ,” भनेर उल्लेख गरेका छन् ।

समाचारमा सर्दुको जग्गा बिक्री गरी अकुत सम्पत्ति कमाएको भनिएकाले आफ्नो सम्पत्ति शुद्धीकरण गर्न उनले माग गरेका छन् । साथै पत्रकारिता भन्दा बाहेक अन्य कुनै आम्दानी नभएका पत्रकार रत्न आचार्यको हाई फाई जीवनशैली र धरान बजारमा महँगो घर भएकोले उनको सम्पत्ति छानबिन हुनुपर्ने उनको माग छ । घर सहित धरानमा ३ वटा घडेरी रहेकोले उनको आम्दानीको श्रोत पत्ता लगाउन आग्रह गरेका छन् ।

आचार्यले पत्रकारिताको खोल ओढेर व्यक्तिगत लाभकालागि विभिन्न संस्था सँग बार्गेनिङ गर्ने गरेको राईको आरोप छ। आर्थिक लाभकोलागी हुँदै नभएको आधारहीन कुराहरुपनि लेख्दा आज पत्रकारिता क्षेत्र बदनाम भएको उनको तर्क छ।

पूर्व धरान नगर सभापति र सुनसरी क्षेत्र नम्बर १(क) का प्रदेशसभा सदस्य उम्मेदवार समेत रहेका राईले बिहीबार नै प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई समेत छानबिन गर्न माग गर्दै पत्र पठाएका छन् । आफ्नो चरित्रहत्या गर्ने गरी भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै उनले त्यसको छानबिन गरी कानुनी कारबाहीको माग गरेका छन् ।

सोही विषयलाई लिएर यस अघि नै धरान फुटबल क्लब, नेपाल दलित सङ्घ धरान उपमहानगर समितिले पत्रकार आचार्यलाई नाङ्गेझार पार्ने चेतावनी सहितको विज्ञप्ति निकालेका थिए । त्यस्तै नेपाली काँग्रेसका विभिन्न भातृसंगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घले पनि पत्रकार आचार्यमाथी कारबाहीको माग गरेका थिए ।

पत्रकारमाथि लगाइएको आरोप प्रति नेपाल पत्रकार महासङ्घ सुनसरीले कानुनी बाटो अपनाउन आग्रह गर्दै विज्ञप्ति निकालेको छ । सचिव ध्रुव ढकालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई सामाजिक बहिस्कार दिने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति भएको उल्लेख गरिएको छ ।

patrakar-mahasang-123

त्यस्तै बिहीबार नै नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाण्डौले पनि विज्ञप्ति निकालेको छ । पत्रकारलाई धम्की दिनु निन्दनीय कार्य भएकाले चित्त नबुझे कानुनी प्रक्रिया थाल्न आग्रह गरिएको छ ।

यस्तै नेपाल खेलकुद पत्रकार मञ्च सुनसरी, नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यालय काठमाडौँ, प्रेस चौतारी नेपालले विज्ञप्ति मार्फत पत्रकार आचार्यलाई समर्थन जनाएका छन्। उनीहरूले धम्कीपूर्ण भाषा प्रयोग गर्न छाडेर कानुनी बाटो अपनाउन आग्रह गरेका छन् ।

FNJ-head-office-

Press-chautrai-NBepal-2

Press-chautrai-nepal-

किशोर राईको विज्ञप्ति

kishor-arai-3

kishor-rai-2