विराटनगर : प्रदेश १ मा आज ७९१ जना सङ्क्रमणमुक्त भएका छन् ।

मोरङबाट सबैभन्दा बढी ३२८ जना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कुल ३४ हजार ५३७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, सङ्खुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५-५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १-१ र स्थानीय तह नखुलेका २, झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७-१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बाह्रदशी, गौरीगञ्ज र कमल गाउँपालिकामा ५-५, झापा गाउँपालिकामा ४, हल्दिबारीमा २, सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहबीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २-२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीय तह नखुलेका १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रिवासमा ८, शहिदभूमी र छथरमा २-२, उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीय तह नखुलेका २-२, उदयपुरगढीमा १, सङ्खुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ६, माई नगरपालिकामा ५ र सूर्योदयमा २, पाँचथरको तुम्वेवामा ६ र स्थानीय तह नखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार ६७६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार २९८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ९४५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये ३३५ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।