धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ २२ गतेसम्म फेरि निषेधाज्ञा थप गरेको छ ।

आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार लकडाउन २२ गतेसम्म थपिएको हो । निर्णयको हकमा अरू कुनै त्यस्तो निर्णय परिवर्तन गरिएको छैन । लकडाउन थप कडाइ पार्न र परिमाणमुखी नतिजा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरेका छौ ।

निषेधाज्ञा उल्लङ्घन गरे १ लाख देखी ५ लाख सम्म जरिवाना

कोभिड सङ्कट व्यवस्थापन अध्यादेश २०७८ मा भएको व्यवस्था नमान्नेलाई १ लाख देखि ५ लाख सम्म र १ वर्षसम्म जरिवानाको व्यवस्था रहेको छ। मोटरसाइकलको हकमा २ हजार, अरू सवारीलाई ५ हजार जरिवाना गर्ने व्यवस्था भएको प्रजिअ ढकालले बताए।

मास्क नलगाई हिँड्नेलाई पटकै पिच्छे १ सय र बिना काममा हिँड्नेलाई २ सय जरिवाना हुनेछ भने सङ्कटकालमा कुनै संस्था, घर,विद्यालय, एम्बुलेन्स गाडी नदिएको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले १ लाख देखि ५ लाख सम्म जरिवाना लिने व्यवस्था रहेको अध्यादेशमा उल्लेख छ ।

निर्णयमा कुनै पनि भेला जुलुस गर्न नपाउने, राष्ट्र वाणिज्य बैङ्कबाट इजाजत प्राप्त बैङ्क वित्तीय संस्था, सहकारी र बिमा कम्पनी खोल्ने पाउने, यातायात सबै बन्द गरिने तर, पासका आधारमा तोकिएका व्यक्तिलाई छुट रहने र आवश्यक कच्चा पदार्थ बोकेका सवारी साधन र्निबाध रुपमा सञ्चालन हुने लगायतका कुरा उल्लेख गरिएको छ ।

Nisedhagya-1 5 Nisedhagya-2 5 Nisedhagya-3 2