धरान : धरानमा शुक्रवार एकै दिन ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार शुक्रवार बिहान धरान-१७ का २८ वर्षीय महिलाको बीपीको कोभिड अस्पतालमा बिहान साढे ४ बजे, बिहान साढे ७ बजे धरान-१५ का होम आइसोलेसनमा बसेका ६४ वर्षीय पुरुष, धरान-१७ का होम आइसोलेसनमा बसेका ८४ वर्षीय पुरुष र अर्का एक जना धरान-१६ का ५५ वर्षीय महिलाको दिउसो साढे ४ बजे बीपीको इमरजेन्सीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसै गरी बिहीबार राति धरान-४ का ५९ वर्षीय पुरुषको पनि बीपीमा उपचारको क्रममा मृत्यु भएको महाशाखा प्रमुख मेहेताले जानकारी दिए ।

यो सँगै धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको दोस्रो लहरबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।