धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भोजपुरका कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार भोजपुर-१ का ५८ वर्षीय पुरुषको हिजो दिउसो ३ः३० बजे उपचारको क्रममा बीपीको इमरजेन्सीमा मृत्यु भएको हो ।

मृतकलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको प्रतिष्ठानको इमरजेन्सीमा उपचार गर्दागर्दै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।