सङ्खुवासभा : सङ्खुवासभा जिल्लाको खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीय छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ ।

शुक्रवार दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्ची सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिइन ।

उनको खाँदबारी-१ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भइरहेकोमा उपचारकै क्रममा अपराह्न ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।