विराटनगर : प्रदेश १ मा आज ९९५ जना सङ्क्रमणमुक्त भएका छन्।

मोरङबाट सबैभन्दा बढी ३४६ जना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष सङ्क्रमणमुक्त भएका छ। हालसम्म कुल ३५ हजार ५३२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ७०१ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, सङ्खुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा ३-३, तेह्रथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ६७ महिला र ७८ पुरुष सहित १४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २-२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ५८, बिर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८, बाह्रदशीमा ७, गौरीगञ्ज र कमल गाउँपालिकामा ३-३, कचनकवल र स्थानीय तह नखुलेका २-२, गौरादहमा १, सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहबीमा ६, बर्जूमा ५, इनरुवा र बराहक्षेत्रमा ४-४, रामधुनीमा ३, गढी र स्थानीय तह नखुलेका २-२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रिवासमा ५, छथरमा २ र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १-१, खोटाङको खोटेहाङमा १२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २-२, माई, सुर्योदय, माङ्सेवुङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको त्रियुगामा ३, स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ३७७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९८७ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९१ महिला र ४१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।