धरान : लकडाउनको समयमा घरमा बसेर समय बिताइरहेका युवा, विद्यार्थी, महिला, गृहिणीहरूकालागि आइडिया इन्टरनेशनलले उद्घोषणकला तालिम आयोजना गर्ने भएको छ ।

भोलि आइतबारदेखि ५ दिनसम्म आयोजना हुने उक्त तालिम साँझ ४ देखि ६ बजेसम्म हुने भएको छ। जुम मार्फत हुने उक्त तालिमले हालको अवस्थामा नकारात्मक सोचलाई प्रादुर्भाव हुन नदिन र सामाजिक सञ्जालमा अलमलिएका युवा-युवति, गृहिणी र विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि यो प्रशिक्षण उपलब्धिमूलक हुने आइडिया इन्टरनेशनलका प्रबन्ध निर्देशक विष्णु बरालले बताए ।

'तालिम आफैँमा नौलो कुराको खोजी हो, र हरेक व्यक्ति जन्मिएदेखि नै प्रशिक्षित हुँदै आएको हुन्छ र यस तालिमका सहभागीले आफूलाई परिवर्तन भएको पक्कै पनि महसुस गर्नेछन्' बरालले भने । धरान जेसीजका पूर्व अध्यक्ष, कौशिकी क्याम्पसका प्राचार्य एवम् सञ्चारकर्मी मोहन श्रेष्ठ प्रशिक्षक रहेको उक्त तालिममा व्यवस्थापन खर्चकालागि प्रति सहभागी एक हजार दर्ता शुल्क रहेको छ।

विगत लामो समयदेखि आइडिया इन्टरनेशनलले व्यक्तित्व र नेतृत्व विकासको लागि कर्पोरेट र सामाजिक दायित्व अनुरूप तालिमहरू प्रदान गर्दै आइरहेको छ ।